Responsive image

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल निर्वाचित

करुणा घिमिरे / पत्रालय दैनिक/ २०७९-१२-०१

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन्। 

बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन्। संघको महासचिवमा राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ।

सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन्।

अन्य सदस्यहरूमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन्। 

सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो।

विधानतः संघको केन्द्रीय कार्यसमिति सदस्य २१ रहने छ। जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनीत गरिनेमा तत्काल दुई जनालाई मनोनीत गरिएको र एक जना मनोनीत गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

Comments
No comments were found.
Leave a Comment

आर्थिक क्षेत्रसम्बन्धी उल्लेख गरिएका ६३ बुँदामध्ये ३६ को काम शून्य

करुणा घिमिरे

नेपालमा सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

करुणा घिमिरे

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल निर्वाचित

करुणा घिमिरे

वर्षमा कति खर्च गर्छन् स्थानीय तहहरूले?

करुणा घिमिरे

ऋण नतिर्ने अभियानले डुब्न सक्छ अर्थतन्त्र'

करुणा घिमिरे

पर्यटनमन्त्रीको प्रश्न- विमानस्थल किन नागरिकको पहुँचमा भएन?

करुणा घिमिरे

भिडियो

Ads Image